फोनिज मकवानपुरले मनायो २६ औं स्थापना दिवस

२७ साउन २०८२
हेटौँडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले स्थापना दिवस मनाएको छ । मंगलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाइएको हो ।
“समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् फोनिज मकवानपुरका सल्लाहकार कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रभातफेरी कार्यक्रम हेटौँडाको सिमाचोकबाट सुरु भई बुद्धचौक, उद्योग वाणिज्य चोक हुँदै पुनः सिमा चोकमा नै पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले सञ्चारको क्षेत्रमा आदिवासी जनजातिको आवाज अझ प्रभावकारी बनाउन फोनिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
उनले फोनिज पत्रकारिताको दिगो विकास र यस पेशामा आबद्ध सबै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले जिम्मेवार र उत्तरदायी भएर पेशामा क्रियाशील हुन सबै पत्रकारलाई आग्रह गरे ।
यस्तै, फोनिजका केन्द्रीय पार्षद् एवम् पत्रकार महासंघ बागमतीका सदस्य सुर्वणलाल श्रेष्ठले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै पत्रकारको अधिकारका लागि महासंघ सदैब लागि परिरहेको बताए । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत उल्लेखनीय उपलब्धी प्राप्त हुनुमा जनजाती पत्रकारहरुको पनि भूमिका रहेको उल्लेख गरे ।
यसैगरी, फोनिज मकवानपुरका अध्यक्ष वाईबाले यस कार्यक्रमले आदिवासी जनजाति समुदायका आवाजलाई सशक्त बनाउँदै समावेशी सञ्चार प्रवद्र्धन गर्ने सन्देश प्रवाह गर्ने विश्वास लिएको बताए । उनले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिमहरुमा र कार्यक्रम समावेश गराउन नेपाल पत्रकार महासंघ बागमतीका अध्यक्ष मगरलाई अनुरोध गरे ।
कार्यक्रममा फोनिज बागमतीका उपाध्यक्ष दीलबहादुर रुम्बा, फोनिज बागमतीका सचिव एवम् सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, प्रेस चौतारी मकवानपुरका इन्चार्ज विवश अधिकारी लगायत फोनिजकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *