वाइसीएलको सक्रियतालाई उच्च सम्मानका साथ हेरिएको छ – संयोजक पाख्रीन

२८, साउन २०८२

हेटौंडा, मकवानपुर – नेकपा (माओवादी केन्द्र)  सम्बन्ध वाइसीएल नेपाल मकवानपुरले जिल्ला भित्र सरसफाई अभियान तीव्र बनाएको छ। पार्टीको केन्द्रीय प्रदेश कमिटीको निर्देशनमा वाइसीएल नेपाल मकवानपुरले जिल्लामा नियमित रूपमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको नेकपा (माओवादी केन्द्र)  जिल्ला संयोजक भीम पाख्रिनले जानकारी दिए।

पाख्रिनका अनुसार उक्त अभियानमा जिल्ला पार्टी, स्थानीय पार्टी इकाइहरू तथा वाइसीएल संयुक्त रूपमा श्रमदानमार्फत सहभागी भइरहेका छन्। “वाइसीएलको सक्रियतालाई माओवादी केन्द्र मकवानपुरले उच्च सम्मानका साथ हेरिरहेको छ,” पाख्रिनले बताए।

उनका अनुसार वाइसीएल मकवानपुरमा फेरि सशक्त रूपमा सक्रिय बनेको छ। “सिर्फ श्रमदान मात्र होइन, जिल्लामा व्याप्त विभिन्न सामाजिक विकृति र विसंगतिहरूको विरुद्ध पनि वाइसीएलले आवाज उठाउँदै आएको छ,” पाख्रिनले भने ।

उनले सरसफाई अभियानलाई  नागरिकले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यसलाई अझ फराकिलो रूपमा विस्तार गरिने विश्वास व्यक्त गरे। “यो कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ, र सबैले अनुकरण गर्नसक्ने खालको अभियान बन्नेमा हामी विश्वस्त छौँ,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *