जागरण बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्न, कारोबार र पूँजी दुवैमा वृद्धि

२०८२मंसिर १
मकवानपुरगढी–३ मक्राञ्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डको पूर्ण पालना गर्दै सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष शत्रुधन दुलालले गर्नुभयो।
सभामा अध्यक्ष दुलालले संस्थाको समग्र अवस्था, प्रगतिहरू तथा आगामी योजनासहित अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष सुभद्रा तिमल्सिना लामिछानेले आर्थिक प्रतिवेदन  व्यवस्थापक मेनुका दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
वित्तीय सूचकांकमा उल्लेखनीय सुधार
अध्यक्ष दुलालका अनुसार अहिलेसम्म सहकारीमा ३२७१ जना सेयर सदस्य रहेका छन्।
सहकारीको प्रमुख वित्तीय विवरण यसप्रकार रहेको छ—
सेयर पूँजी: रु. १ करोड ९२ लाख ८९ हजार ८००
बचत संकलन: रु. १७ करोड ८१ लाख ८२ हजार १८०
ऋण लगानी: रु. ११ करोड ८४ लाख २१ हजार २२
संस्थागत पूँजी: रु. १ करोड २३ लाख ३४ हजार ४०७
कुल सम्पत्ति: रु. २२ करोड ७२ लाख २ हजार ३१०
यस आर्थिक वर्षमा सहकारीको कुल कारोबार २२ करोड ३५ लाख ५६ हजार ३९३ रुपैयाँ ८८ पैसा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
साधारण सभाले मेघराज फुयालको संयोजकत्वमा लेखा समिति गठन गरेको छ। समितिका सदस्यहरू हिरा अधिकारी रेग्मी र सुशीला ढकाल चयन हुनु भएको छ । सहकारीले सदस्य सेवा, वित्तीय पारदर्शिता, डिजिटल सेवा विस्तार र समुदायमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *