बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि बजेट सुनिश्चित, करिब १० करोड लागतमा बन्ने

मकवानपुर । बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय पूर्वाधार विभाग मार्फत सुनिश्चित भएको छ । गाउँपालिकाका अध्यक्ष सर्केश घलानज्यूको नेतृत्वमा गरिएको तीब्र पहल, निरन्तर समन्वय तथा सहजीकरणका कारण यो महत्वपूर्ण पूर्वाधार निर्माण कार्यले गति पाउन लागेको हो ।

निर्माण हुन लागेको प्रशासकीय भवन नेपाल सरकारको ६०% र गाउँपालिकाको ४०% लागत साझेदारीमा करिब १० करोड रूपैयाँको लागत अनुमानमा बन्नेछ । सेवाप्रवाहको आधारस्तम्भका रूपमा रहने छ । यस भवनबाट गाउँपालिकाको सेवा सुविधा, पहुँच, गुणस्तर र संस्थागत क्षमता अझ बलियो हुने अपेक्षा गरिएको छ ।

विनियोजित बजेटको लक्ष्य र उद्देश्यअनुसार समयमा नै टेण्डर प्रक्रियामा प्रवेश गरी गुणस्तरीय पूर्वाधार निर्माणलाई अघि बढाइने बागमती गाउपालिका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले प्रतिबद्धता जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *