चिनको वुहान राज्यलाई उद्गम स्थल बनाई उत्पन्न भएको कोरोना भाइरस ( Covid 19 ) ले चिनमा करिब ३५ सय हाराहारीमा मानवको ज्यान लिई अहिले विश्वलाई त्रसित बनाई रहेको छ ।
यो भाइरस न कुनै देशको शक्तिको सामु झुकेको छ ? न कुनै जात , लिङ्ग , रुप-रंग ,धनी-गरिब , होचो-अग्लो भनी छुट्याएको छ । न यस्को औषधि पत्ता लागेको छ ? न यस्लाई पुर्ण नियन्त्रण नै गर्न सकिएको छ ।
अहिले सम्मको अवस्था हेर्दा चिनमा यो भाइरस अलि नियन्त्रणमा आएपनी पुर्णरुपमा साम्य हुन सकेको छैन भने अन्य देशमा विकराल स्थिति बनाई रहेको छ । अझ इटली मा त महामारी कै रुपमा फैलिइ करिब ६ हजार मानिसहरुको ज्यान लिइसकेको छ भने हजारौंको स्वास्थ्यमा समस्या आई उपचार भइरहेको छ र अहिलेसम्मको अवस्था हेर्दा अझ मृत्यु हुनेको संख्या बढ्ने अनुमान गर्न सकिन्छ ।
यसको अलावा विश्वका शक्तिशाली ठानीएका रास्ट्र्हरु – अमेरिका , जापान , अस्ट्रेलिया , बेलायत जस्ता देशहरुमा पनि यसको प्रकोप बढिरहेको छ र यहि भाइरसका कारण ज्यान गुमाउनेको संख्या करिब १४ हजार हाराहारी पुगिसकेको छ ।
यता नेपालमा भने अहिले सम्मको रेकर्डमा १ जना संक्रमित भएपनि पुर्ण रुपमा निको भएको अवस्था छ भने आजै मात्र पर्सा जिल्लाको विरगंज का एक ब्यापारीलाई यो कोरोना भाइरसले संक्रमित बनाएको भन्ने समाचार आएपनी अझ पुष्टि हुन सकिरहेको छैन । अन्य जिल्लामा पनि आशंका गरि अस्पताल आएका विरामीहरुको परिक्षण भइरहेको छ यद्यपि हाल सम्मको नतिजा नेगेटिभ आइरहेको छ ।
यो रोग नफैलियोस भनेर सरकारले केही महत्त्वपूर्ण निर्णयहरु पनि गरिरहेको छ ।संक्रमित भएको देशमा हवाई उडान बन्द गर्ने देखि लामो दुरिमा चल्ने यातायातका अत्यावश्यक वाहेकका सवारी साधनमा रोक लगाएको छ भने भोलि देखि अत्यावश्यक वाहेकका जिल्लान्तर गुड्ने सवारी साधन मोटरसाइकललाई समेत रोक लगाएको छ । सरकारी वा अन्य कार्यालयमा पनि अत्यावश्यक वाहेकका गतिविधिहलाई रोक लगाएको छ ।
रोगको आशंका भएका हरुलाई राख्नको लागि विभिन्न ठाउँमा क्वारेन्टाइनको ब्यवस्था गरिएको छ र रोगका लक्ष्यण देखिएका हरुलाई आइसुलेसन वार्डहरुको ब्यवस्था मिलाईएको छ ।
यो ता सरकारले गरेका प्रयासहरु भए तर रोगको लक्ष्यण नदेखिए सम्म घरमा नै सुरक्षित हिसाबले क्वारेन्टाइनमा बस्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग चिसोमा बढी संक्रमण हुने हुँदा सफा , न्यानो भएर तातो झोलिलो कुराहरु खाई दिनमा ८ – १० पटक साबुनपानीले राम्रोसँग हात गोडा धुने तथा हात सफा गर्ने , स्यानिस्टाइजरको प्रयोग गर्ने , खोक्दा तथा हाच्छ्यु गर्दा मुख छोप्ने , अनावश्यक घर बाहिर नजाने , उच्च आत्माबलका साथ रोमान्टिक भइ बस्न सके यस महामारी बाट बच्न सकिने जानकारहरु बताउँछन् ।