नेपाल कम्युनिस्ट पार्टीले हेटौंडामा १२९ औं माओ दिवस मनायो ।

११ पौष २०७८ – नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज १२९ औं माओ दिवस मनाउदै बैज्ञानिक समाजवादको लागि जनएकता , संगठन सुदृढ तथा बिस्तार अभियान शुरूवात गरेको छ ।
हेटौंडा स्थित पार्टी कार्यालयमा भएको अभियान उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नयनले माओत्सेतुङको बारेमा चर्चा गर्नु भएको थियो । उहाको नेतृत्वमा चीनिया कम्युनिस्ट पार्टी र चीनिया श्रमिक जनताले जापानी साम्राज्यवादलाई राष्ट्रिय मुक्ति युद्धद्वारा चीनिया भुमिबाट खरानी पारेको स्मरण गर्दै दीर्घकालीन जनयुद्धको कार्यदिशा मार्फत चाङकाईसेकको प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारी जनताको जनवादी गणतन्त्र स्थापना गर्न सफल भएको बताउनु भयो । समाजवाद स्थापना पछि पनि सत्ता र कम्युनिस्ट पार्टी भित्र हुर्केको पुजीवादी प्रवृत्ति विरुद्ध महान सर्वहारा सांस्कृतिक क्रान्ति थालनी गरेको पनि उल्लेख गर्नु हुँदै नेपालको सन्दर्भमा वैदेशिक हस्तक्षेप , दलाल पुजीवाद र प्रतिक्रान्तिको विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशा नेकपाले आबिस्कार गरेको र यसलाई जनतासम्म पुर्याउन अभियान थालिएको बताउनु भयो । पार्टी जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा भएको कार्यक्रम मा जिल्ला सचिवालय सदस्य गुण सिंले स्वागत मन्तब्य व्यक्त गर्नु भयो भने कार्यक्रम संचालन पार्टीका हेटौंडा उपमहानगरपालिकाका सेक्रेटरी सुर्य अर्यालले गर्नु भएको थियोे ।

Flash News Slide राजनीति समाचार