१२ पौष २०७८ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा अबस्थित श्री भानु मा बिको ४५ औं बार्षिक उत्सब कार्यक्रम आईतवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले सामुदायिक विद्यालय मध्ये यस विद्यालय पालिकाकै उकृठ एवम नमुना विद्यालको सुचिमा रहेको बताउनु भयो । हुमागाईले आफ्नो बाल्यकाल सम्झदै आफू पनि बाल्यकालमा कखरा यहि विद्यालयबाट सिकेको समेत बताउनु भयो । आफ्नो बालापनको अनुभब सुनाउदै हुमागाईले विद्यालय र विद्यार्थीको शैक्षिक तथा भौतिक बिकासको लागि पालिका प्रतिबद्ध रहेको बताउनु भयो । हुमागाईले बालबालिकाको शैक्षिक बिकासका लागि अबिभाबक समुदाय र समन्धित सबै पक्षले बिशेश भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । शिक्षक मात्रैको प्रयासले शैक्षिक अबस्था सुधार गर्न नसकिने बताउदै हुमागाईले यसका लागी अबिभाबक विद्यालाय , विद्यालय ब्यबस्थापन समिति पनि जागरुक भएर लागि पर्न पर्ने बताउनु भयो । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भुमिका रहेको बताउदै आफ्नो कार्यकाल सकिनै लागेपनी आफू सदैब सहयोगको लागि तत्पर रहेको बताउनु भयो साथै गरिव तथा बिपन्न बर्गका बिद्यार्थीले कक्षा १२ सम्म पालिकाले निसुल्क पढाउने समेत जानकारी गराउनु भयो ।
विद्यालय ब्यबस्थापन समिती अध्यक्ष मान कुमारी पाखृनको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समिती पुर्ब अध्यक्षहरु , विद्यालयका पुर्ब प्रधानाध्यापकहरु , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , विभिन्न सहकारी अध्यक्षहरु, टोल बिकास सस्थाका अध्यक्षहरु , छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, नागरिक समाज , शैक्षिक सरोकार राख्ने विभिन्न ब्यक्तित्वहरु , पुर्ब शिक्षकहरु , पत्रकार लगाएतकाको उपस्थिति रहेको थियो । त्यस्तै पुर्ब विद्यार्थी तेजराज अधिकरिले १५ जना गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालयको पोसाक सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालय ब्यबस्थापन समितिका सदस्य चन्द्र योन्जनले दिनु भएको थियो भने विद्यालयको शैक्षिक प्रगति प्रतिबेदन विद्यालयका प्रधानअध्यापक राजेन्द्र थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहयोगी पुर्ब शिक्षक मनमोहन देबकोटा ,भरत मोहन देबकोटा , दिपेन्द्र अधिकारि, रन्जिता तिमल्सिना, रामचन्द्र खडका पुर्ब प्रधानाध्यापक सत्रुधन दुलाल र पुर्ब कार्यलय सहयोगी भरत देबकोटालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
वि.सं. २०३३ मा स्थापना भइ कक्षा १२ सम्म पढाई हुने सो विद्यालयका कक्षा १ देखि १० सम्मका कक्षा प्रथम, दितीय तथा तृतीय हुने विद्यार्र्थीरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यसै गरी विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिई प्रथम, दितीय तथा तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । हाल विद्यालयमा २६९ छात्र र २६८ छात्रा गरि ५३७ जना विद्यार्थीहरु अध्ययनरत छन् भने ३३ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।हेटौडाटुडे डट कमबाट