अमिर परिश्रमी
२५ फगुन २०७९- हेटौडा उपमहानगरपालिकाको बालमैत्री स्थानिय शासन घोषणा कार्यक्रम अन्तरगत बिभिन्न वडाहरुमा बाल समुह , बल क्लबहरु गठन भईरहेका छन । यसैबिच बिहिबार हेटौडा ८ स्थीत चन्द्रोदय माबीमा बाल समुह गठन भएको छ । कक्षा ५ देखि ८ सम्म पढ्ने बाल बालिकाहरुको भेलाबाट कक्षा ८ पढ्ने छात्रा सुप्रीया मोक्तानको अध्यक्षतामा २५ सदसीय बाल समुह गठन भएको हो । उक्त समुहको उपाध्यक्षमा दिपेन्द्र कुमार राम सचिवमा प्रदिप पौडेल, सह सचिव सलोनी पराजुली र कोषाध्यक्षमा भगबती आचार्य चयन हुनु भएको हो ।
बिध्यालयका प्रधानध्यापक जीधराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का बालमैत्री वडा सहजकर्ता रोजिता दंगालको आतिथ्यता रहेको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुदै प्रधानध्यापक ढकालले हेटौडा उपमहानगरपालिकाको २० ८० साल भित्र बाल मैत्री स्थानिय शासन घोषणा गर्ने अभियान अन्तरगत यो बाल समुहको गठन गरिएको र यसलाई बिध्यालयले सकेको सहयोग गर्ने र राम्रो काम गर्ने समुहका सदस्यहरुलाई अभिभावक भेलामा पुरस्कृत समेत गर्ने प्रतिबद्ध ब्यक्त गर्नु भयो ।
त्यस्तै समुहकी अध्यक्ष सुप्रीया मोक्तानले सबै साथीहरुले प्रसंसा गर्न योग्य हुनेगरि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो भने वडा सहजकर्ता रोजिता दंगालले बालमैत्री घोषणा अभियान अन्तरगतका सुचकहरु पुरा गर्दै दिर्घकालिन प्रतिफल आउने कार्यगर्न बाल समुह गठन गरिएको र हेटौडाका सबै बिध्यालय , वडा टोल ,नगरमा समेत बाल समुह तथा बाल संजाल गठन गर्न लागेको बताउनु भयो ।