मकवानपुरगढीमा मकै प्रबद्धन र बिउँ उत्पादन सम्बन्धी १ दिने गोष्ठी सम्पन्न

३ चैत २०७९  – मकवानपुरगढी गाउँपालिकामा मकै प्रबद्र्धन कार्यक्रम र बिउँ उत्पादन सम्बन्धी १ दिने अन्तरक्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको कृषी बिकास शाखाको आयोजनामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष स्याङ्तानले मकवानपुरगढी गाउँपालिकालाई बिउ बिजनको स्रोत केन्द्र बनाउने बताउनु भयो ।
उहाँले रैथाने बालिलाई प्रोत्साहन दिदै जाने बताउनु भयो । रैथाने बालिलाई प्राथामिकता दिन बिधालय दिवा खाजा कार्यक्रममा रैथाने बालीका परिकारहरु समाबेस गरीएको बताउनु भयो ।
मकवानपुरगढीको कोदो राष्ट्रिय रुपमा प्रबद्धन हुदै गएको भन्दै अध्यक्ष स्याङ्तानले बाँजो जग्गालाई हराबरा बनाउन रैथाने बालि लगाउन प्रति रोपनी ९ सय रुपैया अनुदान दिई रहेको बताउनु भयो । उहाँले अब बाँजो जग्गा राख्नेलाई ५ सय प्रतिसत बढि कर लिने भन्दै जग्गा बाजो राखेर बाँदर पाल्ने छुट कसैलाई नभएको बताउनु भयो ।


मकवानपुरगढी गाउँपालिका कृषी शाखा प्रमुख चन्द्रकान्त चौधरीले मकवानपुरगढी गाउँपालिकाको मुख्यबाली मकै भएकाले मकै बालि प्रबद्र्धन गर्न उन्नत जातको बिउ उत्पादनलाई प्रोत्साहन गरिरहेको बताउनु भयो । कार्यक्रममा बीउँ बिजन प्रयोगशाला बागमती प्रदेशका अध्यक्ष राजन ढकालले बागगमती प्रदेशका १३ वटा जील्लाका २२ थरिका बालीको १ लाख ३ हजार मेटीक टन बिउ आबस्यक पर्ने गरेको बताउनु भयो । बागमती प्रदेशलाई आबश्यक बीउ मध्ये १० प्रतिसत मात्रै उत्पादन हुने गरेकाले बीउ उत्पादनको क्षेत्रमा काम गर्न चाहनेलाई पनि अबसरको रुपमा रहेको बताउनु भयो


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपाली, बीउँ बिजन प्रयोग शाला बागमती प्रदेशका अध्यक्ष राजन ढकाल, वडा नम्बर ५ का अध्यक्ष दिपेश दहाल,वडा नम्बर ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाँई, वडा नम्बर ७ का अध्यक्ष सूर्य बहादुर रुम्बा,निबर्तमान अध्यक्ष टिका प्रसाद दहाल, मुक्तीनाथ बिकास कम्पनीका सागर पाण्डे, छतिवन कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण घिमिरे, गुप्तेश्वरी कृषी सहकारी संस्थाका अध्यक्ष बसुन्धरा लामा लगायत मकवानपुरगढी गाउँपालिकाका बिभिन्न शाखा प्रमुख कृषी प्राबिधिक, कृर्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कृषि बिकास शाखाका गोपाल लम्सालले गर्नु भएको थियो ।

Flash News समाचार स्थानीय