नेपाल राहत शिक्षक समिति मनहरी गाउँपालिकाकाे अध्यक्षमा पशुपति पाठक सर्वसहमत निर्वाचित हुनुभएको छ।नेपाल राहत शिक्षक समिति मनहरी गाउँपालिकाका अध्यक्ष गाेबिन्द पाैडेलकाे अध्यक्षता एवम् नेपाल राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष जीवन तिमल्सिनाकाे प्रमुख आतिथ्यतामा मनहरी स्थित रास्ट्रिय राेटहरी मा बि मनहरी बजारमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले पाठकको अध्यक्षतामा १७ सदस्य पालिका समिति गठन गरेको छ । जसको महिला उपाध्यक्षमा राधिका पाैडेल ,उपाध्यक्षमा नारायण गिरी सचिवमा बाबुराज मुक्तान , सहसचिवमा मायादेवी गाेपाली काेषाध्यक्षमा पार्वती गिरी चयन हुनुभएको छ ।समितिकाे सदस्यहरूमा क्रमश ,चम्पा श्रेष्ठ ,सुकृतन ओझा,ठमकुमार गाैतम,कृष्णबहादुर घलान,उमा स्याङ्तान,मानवी पराजुली ,पबित्रा ढुङ्गाना,रामअाशिष महत्त्व ,ईश्वर रिजाल ,अानन्द कुमार चाैधरी,देवीराज प्रजा रहनुभयकाे छ । अधिवेशनमा नेपाल राहत शिक्षक समिति बागमती प्रदेशका नि वर्तमान महासचिव बिदुर बिक्रम थापा, नेपाल शिक्षक संघ मनहरी गाउँपालिका अध्यक्ष सुशील गाैतम,रास्ट्रिय राेटरि माध्यमिक बिद्यालयका सहप्राध्यापक राधुराम रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।अधिवेशनमा नेपाल राहात शिक्षक जिल्ला समितिका सदस्य लालु रूम्बा,रास्ट्रिय माध्यमिक बिद्यालय सुनाचुरी मनहरीका प्रधानाध्यापक सुर्य माेक्तान लगातकाे आतिथ्यता रहेको थियो ।