मकवानपुरको भीमफेदी गाँउपालिकाका ४३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
भीमफेदीको विभिन्न वडामा रहेका आँखाका बिरामीको समस्यालाई ध्यानमा राखेर हेटौंडा सामुदायिक आँखा अस्पतालसंग गाउँपालिकाको सहकार्यमा शिविर संचालन गरिएको थियो ।
शिविरको क्रममा परीक्षण गराएका २५३ जनामध्ये ४३ जनामा मोतियाबिन्दुको समस्या देखिएको र गाउँपालिकाको व्यवस्थापनमा उनीहरुको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
उनका अनुसार, उनीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पताल ल्याउने र लाने व्यवस्था पालिकाले नै गरेको थियो ।
आँखा परिक्षणमा भीमफेदी गाँउपालिका स्वास्थ्य शाखा र सामुदायिक आँखा अस्पताल हेटौंडाका स्वास्थ्यकर्मीहरुले सहयोग गरेका थिए ।

