मनकामना दुग्ध उत्पादक सहकारीको साधारणसभा, मिल्क होलिडेको चर्चा


श्रीराम अर्जुन
मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष स्याङतानले दूधलाई विविधीकरण गरि मिल्क होलिडे हटाउन सकिने बताएका छन् । मिल्क होलिडेको अन्त्य गर्न स्थानीय सरकारको साथ सहयोग रहने बताउनुभयो । उनले पछिल्लो समय दुध बिक्रीमा समस्या आएको भन्दै छिमेकी राष्ट्रसँगको खुला सिमाना, उत्पादन बढ्दो तर खपतमा कमीको कारण पनि मिल्क होलिडे भएको बताउँनु भयो । उहाँले स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने बताउदै अध्यक्ष लामाले गढीको २ वडामा रहेको धरमपानीको खाली जग्गामा स्थानीय स्तरमा उत्पादित वस्तुको विक्री कक्ष राख्ने बताए । बजारीकरणमा ध्यान दिनुका साथै बजारमा आफ्नै बिक्रिकक्ष राख्नुपर्ने सुझाउनु भयो ।

रैथाने बालीलाई प्रवद्र्धन गर्दै अहिले विद्यालयमा दिवा खाजाको रुपमा प्रयोग गरिएको बताउँदै पालिका क्षेत्रमा छिट्टै नै चिसोजन्य पदार्थको विक्री वितरणमा रोक्नुका साथै दुध र दुधजन्य पदार्थ मोहीको प्रयोग गर्ने नीति नियम बनाउने बताउँनुभयो ।

साधारण सभामा संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । १० करोड ८९ लाख ८४ हजार २८० रुपैयाँको कारोबार गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा संस्थाले १० करोड ८८ लाख ४४७ रुपैयाँको दुध बिक्री गरेको छ भने किसानसँग १० करोड २५ लाख १६ हजार ७९९ रुपैयाँको दुध खरिद गरिएको संस्थाका व्यवस्थापक शशि लम्सालले बताईन् । संस्थाको १७ लाख ४० हजार शेयरपुजीँ रहेको छ ।

साधारणसभामा गाउँपालिकाका पुर्व अध्यक्ष विदुर हुमागाई, राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक बद्री प्रसाद लम्साल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, व्यवस्थापक कुमारमणि दाहाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, श्रमीक साना किसान साना कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल लगायतले आफ्नो भनाई राखेका थिए ।

सभामा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा नं. ३ का वडा अध्यक्ष भागवत घिमिरे, राष्ट्रिय सहकारी बैक हेटौडा प्रमुख रामेश्वर अर्याल, नविल बैंक गढी शाखा प्रमुख पुष्प महतो, हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्था अध्यक्ष जानकी दाहाल, सिर्जनशील समाज साकोस अध्यक्ष कृष्ण विडारी, संस्थाका सल्लाहकार बलराम हुमागाई, कृष्णप्रसाद दाहाल, कृष्ण प्रसाद पोखरेल, सीताराम दाहाल,टावरडाडा खाने पानी आयोजनाका अध्यक्ष शत्रुघन दुलाल, धमिले कृषि सहकारी संस्थाका अध्यक्ष नवराज सञ्जेल लगायतको आतिथ्यता रहेका थियो ।

सहकारी संस्थाले दुध, घ्यु, दहि, पनिर, नौनी लगायतका परिकारहरु उत्पादन गरि बिक्री गर्दै आएको छ ।

Flash News Slide Uncategorized अर्थ समाचार स्थानीय