हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। सुन आज तोलामा १ हजार ३ सय र चाँदी३० रुपैयाँले घटेको हो।
छापावाल सुन आज प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ। चादी आज १ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

