मकवानपुरगढी गाउँपालिका मेलमिलाप संयोजकमा विकास थिङ मनोनीत

.
८ वैशाख २०८२
मकवानपुरगढी गाउँपालिका स्तरीय मेलमिलाप संयोजकमा विकास थिङ मनोनीत हुनुभएको छ। मकवानपुरगढी गाउँपालिका न्यायिक समितिको आज बसेको बैठकले संयोजकमा थिङ्लाई चयन गरेको हो।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मानकुमारी पाख्रीन नेपालीको संयोजकत्वमा बसेको बैठकले आठ वटै वडाको वडा संयोजक पनि चयन गरेको छ।
वडा नम्बर १ मा मनमाया लो, वडा नं २ मा रामप्रसाद पुडासैनी, वडा नं ३ मा नवराज सन्जेल,वडा नं ४ मा मलीमाया गोले, वडा नम्बर ५ मा यज्ञ प्रसाद तिमल्सिना, वडा नम्बर ६ मा कृष्ण प्रसाद चौलागाईं, वडा नम्बर ७मा चन्द्रबहादुर योन्जन, वडा नं ८ मा गोकुल देवकोटा संयोजक चयन हुनुभएको छ । उत्कृष्ट मेलमिलापकर्ता संगीता घिमिरे घोषित हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *