२४ मंसिर २०८२
मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित बागमती गाउँपालिकामा सचिन थापा मगरको संयोजकत्वमा जेन–जीको ४० सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
जेन–जी मकवानपुरका संयोजक सुविन खत्रीका अनुसार भदौ २३ र २४ गतेदेखि देशव्यापी रूपमा अन्याय, भ्रष्टाचार र बेथितिविरुद्ध सक्रिय रूपमा आन्दोलनरत युवाहरूलाई एकजुट गर्ने उद्देश्यले बागमती गाउँपालिकाका युवाहरूसँग गरिएको छलफलपछि समिति विस्तार गरिएको हो।
नवगठित समितिको संयोजकमा सचिन थापा मगर चयन भएका छन् भने सचिवमा रमेश थोकर चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा उमेश लामा चयन भएका छन्। साथै अन्य ३७ जना सदस्य चयन गरिएको जेन–जी मकवानपुरका सचिव नविन राउतले जानकारी दिए।
कार्यसमितिका सदस्यहरूमा बिरबल राई, बाशु राई, निर्मल राई, नवराज राई, धनबहादुर भोलन, अदिप श्रेष्ठ, नविन भोलन, धर्मराज भोलन लगायतका रहेका छन्।

