नेकपाको मकवानपुरगढी गाउँपालिका कमिटीको एकता विस्तारित बैठक सम्पन्न


२९ मंसिर २०८२
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को मकवानपुरगढी गाउँपालिका कमिटीको एकता विस्तारित बैठक सम्पन्न भएको छ।
केन्द्रीय सदस्य सोविन थिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार कमिटी सदस्य देव नाथ अधिकारी, यादव गजुरेल, जिल्ला संयोजक भिम पख्रीन तथा गाउँपालिका कमिटी इन्चार्ज सरोज खनाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
पालिका संयोजक तथा प्रदेश सदस्य राजकुमार खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपाका पूर्व घटक दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा वडास्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
मकवानपुरगढी ४ स्थित रुद्र स्मृति पार्कको सभा हलमा भएको बैठकले मकवानपुरगढी गाउँपालिका समिति संयोजकमा युवराज सापकोटा र सह–संयोजकमा राजन दाहाललाई चयन गरेको छ। साथै संगठनलाई अझ प्रभावकारी बनाउँदै जनस्तरसम्म सक्रिय रूपमा लैजाने निष्कर्ष निकालिएको छ।
बैठकले आगामी पौष ५ गते काठमाडौंमा हुने बागमती प्रदेश स्तरीय पार्टी एकता भेलालाई भव्य रूपमा सफल बनाउन मकवानपुरगढी गाउँपालिकाबाट उल्लेख्य उपस्थिति जनाउने निर्णय समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *