१८ फागुन २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी मा प्रवेश गर्नेको लर्को लागेको मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन ले बताएका छन्।
मकवानपुरको गर्दोइस्थित पार्टी कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय गौतम र केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी छिन्तु ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा हेटौडा–९ का राजु लामा, राजकुमार लामा, विश्वास लामा, सरोज लामा, राज लामा, प्रशान्त लामा, कुशल लामा, सनी लामा, जितबहादुर लामा, बिरेन लामा, रुपेश श्रेष्ठ, अभिषेक लामा लगायत दर्जनौँ युवाहरू रहेका छन्।
कार्यक्रममा जिल्ला सह–संयोजक धुर्व भुजेलसहित नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
केही दिनअघि पनि बागमती गाउँपालिकामा माझी बस्तीका अधिकांश र बकैयामा पनि दर्जनौ ब्यक्तीहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको संयोजक पाख्रिनले बताए ।

