हेटौंडा , दैनिक ज्याला मजदुरि कार्य गरि आफ्नो जिविकोपार्जन गर्ने विपन्न परिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, टोल बिकास संस्था वडा समन्वय समिती हेटौंडा ४ लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा खाद्यान्न सामग्री (दाल,चामल,नुन,तेल) लगायत साबुन,मच्छड धुप सहयोग प्रदान गरिएको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरि दैनिकी चलाउने मजदुरहरुलाई बिहान बेलुकाको छाक टार्न समस्या परेकोले खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा ४ उपशाखाका सभापति शिवहरी दाहालले बताउनु भयो ।
वितरण गरिएको सामाग्री हेटौंडा ४ निवासी ब्यबसायी तथा समाजसेवी बब्लु पान्डे लागाएतका मनकारी ब्यक्तित्वहरुबाट उपलब्ध भएको सभापति दाहालले बताउनु भएको छ ।